Coordination Meeting

नेपाल ईन्जिनियर्स एशोसिएसनको समन्वय सभा सम्पन्न

नेपाल ईन्जिनियर्स एशोसिएसन (ने.ई.ए.)को समन्वय सभा २०७५ जेठ १३ गते पोखराको कास्कीमा सम्पन्न भएको छ ।

ने.ई.ए.का अध्यक्ष ई. हरेराम श्रेष्ठको अध्यक्षतामा बसेको उक्त सभामा केन्द्रीय कार्यलयका तथा नेपाल भर रहेका ने.ई.ए.का शाखाहरु बिराटनगर, इटहरी, जनकपुर, बिरगंज, हेटौंडा, भरतपुर, पोखरा, बुटवल, दाङ्ग, नेपालगंज, सुर्खेत, धनगढी तथा महेन्द्रनगर क्षेत्रीय शाखा तथा शाखा केन्द्रका सभापति लगायत अन्य पदाधिकारीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

केन्द्रीय कार्यालय र यसका शाखा कार्यलयहरु बीचको अन्तरसम्बन्ध लगायत शाखा केन्द्रका गतिबिधिहरुको समिक्षा गर्ने र ईन्जिनियरहरु बीच भाईचारा, आपसी सद्भाव कायम राख्दै समुदायको पेशागत विकास एवं समस्या र चुनौतिहरुका विषयमा छलफल केन्द्रीत रहेको उक्त समन्वय सभामा ने.ई.ए.को मौजुदा बिधानलाई समय सापेक्ष परिमार्जित एवं संशोधन गर्न ने.ई.ए. ३१ औं कार्यकारिणी परिषद्द्धारा गठित कार्यदलले पेश गरेको संशोधनका लागि प्रस्ताबित बिधानको विषयमा अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरि उपस्थित सबै प्रदेश स्थित क्षेत्रीय शाखा तथा शाखा केन्द्रका पदाधिकारी ईन्जिनियर तथा पर्यवेक्षक प्रतिनिधीहरुबाट आवश्यक राय सुझाव तथा प्रतिकृया लिने कार्य सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा समन्वय सभा आयोजनाका बारेमा एशोसिएसनका महासचिव ई. उमेश प्रसाद थानीले प्रकाश पार्नु भएको थियो भने उपाध्यक्ष ई. उमा शंकर साहले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।