Engineers' Bhawan, Pulchowk info@neanepal.org.np +977-1-5010251, 5010252

Half Day Seminar on “Engineering License Exam: Current Status, Challenges and Way Forward”

23Aug

नेपाल इन्जिनियर्स एशोसिएसन तथा एशोसिएसन अफ इन्जिनियरिङ कलेज (AECON)  को संयुक्त सहकार्यमा “Engineering License Exam: Current Status, Challenges and Way Forward” शिर्षकमा आयोजित “Half Day Seminar” मा भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयका सचिब ई. गोपाल प्रसाद सिग्देलज्यूको आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष ई. डिल्ली रमण निरौलाज्यू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा प्रतिनिधि, नेपाल इन्जिनियरिङ परिषद्का पूर्व अध्यक्षज्यूहरू, बिभिन्न विश्वविद्यालयका इन्जिनियरिङ संकायका डीन तथा प्रतिनिधिज्यूहरु, नेपाल इन्जिनियरिङ परिषद्का पूर्व रजिष्ट्रारज्यूहरु, नेपाल इन्जिनियरिङ परिषद्का वर्तमान उपाध्यक्ष तथा कार्यसमिति सदस्यज्यूहरु, सम्पूर्ण इन्जिनियरिङ कलेजका प्रिन्सिपलज्यूहरु, नेपाल मेडिकल काउन्सिलिका रजिष्ट्रारज्यू, बिभिन्न इन्जिनियरिङ विधागत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, बिभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का उपाध्यक्ष ई. अर्णराज सिलवालज्यू, इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन ई. प्रा. डा. शुशिल बहादुर ब्रजाचार्यज्यू साथै नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीज्यूले आफ्नो प्रस्तुती राख्नु भएको थियो ।