मिति २०७९ जेष्ठ २९ गते ओलम्पिक डे २०२२ को सन्दर्भमा नेपाल ईन्जिनियर्स एशोसिएसन, Sports for All Commission र Nepal Olympic Committee नेपालको संयुक्त आयोजनामा २ दिने ईन्जिनियर्स चेस प्रतियोगिता सम्पन्न भएको छ । उक्त चेस प्रतियोगितामा ४३ जना ईन्जिनियरहरुको सहभागिता भएको थियो । प्रतियोगितामा ई. सुशिल चौधरी, ई. पुर्ण सुन्दर श्रेष्ठ र ई. सैलेन्द्र तमाङ्ग क्रमशः प्रथम, द्धितिय र तृतिय हुन सफल हुनु भएको छ । वहाँहरुलाई हार्दिक बधाइ, सम्पूर्ण खेलाडी तथा उपस्थित ईन्जिनियर/आर्किटेक्टहरु, सहयोग गर्ने Arbitrator ज्ञानेन्द्र खैजु र असुन राजकर्णिकार, थापाथली पार्क चेस क्लवका महासचिव असुनराज कार्णिकार लगायत सम्पूर्ण महानुभावहरुमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं ।