नेपाल ईन्जिनियर्स एशोसियसनको ६० औं ईन्जिनियर दिवस सफलता पुर्बक सप्पन्न भएको छ । ६० औं ईन्जिनियर दिवसलाई सफल बनाउन हाम्रो निमन्त्रणालाई स्विकार गरेर पाल्नु हुने सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यु, माननीय भौतिक पुर्बाधार तथा यातायात मन्त्री मोहम्द स्तियाक राईज्यु, प्राबिधिक सत्रका बक्ताहरू, अतिथिहरू, प्रायोजकहरू, संस्थागत सहभागी पठाइ दिनु हुने बिभिन्न संघ संस्थाहरू, सहभागी साथीहरू, मिडियाका साथीहरू, सचिवालयका कर्मचारी, स्वयंसेवक साथीहरू लगायत सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौं । साथै बिभिन्न बिधामा सम्मानित हुनु हुने सम्पूर्ण ईन्जिनियरज्यूहरुमा हार्दिक बधाई । आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दै सबैमा धन्यवाद दिन चाहन्छौं ।
सम्मानित हुनु हुने महानुभावहरुः–
1. Life Time Achievement Award: Er. Bijay Man Sherchan
2. Distinguished Entrepreneurship Award: Er. Saroj Kumar Upadhaya
3. Sahid Engineer Nawaraj Bista Memorial Award: Er. Sanjay KC
4. Outstanding Youth Professional Award: Er. Roja Kiran Basukala
5. Outstanding Woman Engineer Award: Er. Dr. Rekha Shrestha
6. Engineers’ Appreciation Award: राष्ट्रिय आविष्कार केन्द्र
7. Best Innovation Award: Er. Anup Khanal