Get in Touch

News & Events

View All

आयल निगममा योग्यता र अनुभव संशोधनको माग

नेपाल आयल निगमद्वारा गत मिति २०८१ भदौ २८ गते बिभिन्न पदमा कर्मचारीहरू माग गरि प्रकाशित गरेको विज्ञापनमा प्राविधिक समूह इन्जिनियर पदमा छैठौं तह तोकेको र तह ८ मेकानिकल सहायक प्रबन्धक पदको हकमा कार्य अनुभवलाई समावेश नगर्ने गरि विज्ञापन प्रकाशन गरेकोमा उक्त विज्ञापन सूचनालाई सच्याउन माग गर्दे प्राविधिक इन्जिनियर खुला तर्फ सुरू सेवा प्रवेश सातौं तह कायम हुनुपर्ने तथा तह ८ सहायक प्रबन्धकको हकमा तोकिएको शैक्षिक  योग्यता पूर्वको अनुभवलाई समावेश गर्नुपर्ने जोडदार माग सहित नेपाल इन्जिनियर्स एशोसिएसनको तर्फबाट आज मिति २०८१/०७/०१ गते  उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री गाेविन्द बहादुर कार्की तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक इ.डा. चण्डिका प्रसाद भट्टलाई ज्ञापनपत्र बुझाउँदै । ज्ञापनपत्र बुझेपछि श्रीमान सचिवज्यू तथा निगमका कार्यकारी निर्देशकज्यूबाट निगमको मौजुदा विनियमावलीमा संशोधन गरि यो समस्या हल गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । समस्या सम्बोधन गराउन एशोसिएसनको तर्फबाट निरन्तर दबाब मूलक पहल रहने भएको हुँदा यस कार्यमा संबन्धित सबैको सहयोगको अपेक्षा गर्दछौँ ।

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...