शहरी विकास तथा भवन निर्माण विभाग एवं JICA सँगको सहकार्य तथा सहयोगमा नेपाल इन्जिनियर्स एशोसिएसनको प्रशिक्षण केन्द्रमा मिति २०८१ फागुन २० गते देखि शुरू भएको "Building Construction Working Procedure (BCWP) and Electronic Building Permit System (e-BPS)" सम्बन्धि दुई दिवसीय तालिम आज मिति २०८१ फागुन २६ गते सफलतापूर्वक सम्पन्न भएको छ । ३ ब्याचमा संचालन गरिएको उक्त तालिमको हरेक ब्याचमा ३५ जना प्रशिक्षार्थीहरू सहभागि रहेका थिए । जसबाट १०५ जना प्रशिक्षार्थी इन्जिनियर, आर्किटेक्टहरू लाभान्वित भएका छन् । समापन कार्यक्रमको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसनको तालिम केन्द्रमा सहभागी प्रशिक्षार्थीहरूलाई एशोसिएसनका उपाध्यक्ष इ. प्रकाश के.सी. तथा महासचिव इ. विनोद प्रकाश पण्डितले प्रमाण पत्र वितरण गर्दै तालिममा सिकेका कुराहरूलाई आफ्नो पेशागत व्यवहारमा उतार्न र दीगो पूर्वाधार निर्माणमा लाग्न अनुरोध गर्दे सहभागीहरूलाई शुभकामना दिनु भयो । तालिम कार्यक्रमका व्यवस्थापक इ. प्रभुराम पोखरेलले कार्यक्रम संचालन गर्दै ३ ब्याचमा संचालन भएको यस ६ दिनको तालिम सहभागीहरूको लागि अत्यन्त उपयोगि र फलदायी हुने बताउनु भयो । एशोसिएसनसँग सहकार्य गरि तालिम संचालनमा सहयोग गरिदिनु भएकोमा शहरी विकास तथा भवन निर्माण विभागलाई एशोसिएसनको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । निकट भविष्यमै यस प्रकारको तालिम एशोसिएसनको सबै प्रदेश केन्द्रमा पनि संचालन गर्ने योजना रहेको व्यहोरा पुन जानकारी गराउँदछौं ।