३४औं केन्द्रीय कार्यकारिणी समिति तथा सातै प्रदेश तेश्रो कार्यकारिणी समितिको संयुक्त बैठक सम्पन्न ।
नेपाल इन्जिनियर्स एशोसिएसनको ३४औं केन्द्रीय कार्यकारिणी समिति तथा सातै प्रदेश तेश्रो कार्यकारिणी समितिको संयुक्त बैठक २०८१ पुष २७ गते शनिबार चितवनको सौराहामा सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा बैठक आयोजनाको उद्देश्य र आगामि कार्यदिशाका बारेमा अध्यक्ष इ. सुबास चन्द्र बरालले प्रकाश पार्नु भयो । एशोसिएसनको बिद्यमान गतिबिधि, बिधानमा भएको व्यवस्था तथा काम कर्तब्य र अधिकारका बारेमा कार्यपत्र प्रस्तुती महासचिव इ. विनोद प्रकाश पण्डितले गर्नु भयो । त्यस्तैगरि समिक्षात्मक विवेचना, धन्यवाद ज्ञापन तथा समापन उपाध्यक्ष इ. प्रकाश के.सी.ले गर्नु भयो भने कार्यक्रमको सञ्चालन उपमहासचिव इ. अनिल मानन्धर तथा कार्यकारिणी सदस्य इ. अनिल पौडेलले गर्नु भएको थियो ।
केन्द्रीय कार्यकारिणी समिति र सातै प्रदेश कार्यकारिणी समितिहरूका पदाधिकारीहरू गरि ८५ जनाको उपस्थिति रहेको उक्त संयुक्त बैठकमा सबै प्रदेश सभापतीहरूबाट महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । उपलब्ध सकारात्मक सुझावहरूलाई ग्रहण गर्दै नेपाल इन्जिनियर्स एशोसिएसनको संस्थागत विकास र गतिबिधिहरूलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने निर्णयका साथ बैठकको आयोजना उपस्थित सबैकालागि फलदायी रह्यो ।