Get in Touch

News & Events

View All

"Power Distribution System Design & Safety" विषयक ७ दिवसीय तालिम सम्पन्न

नेपाल इन्जिनियर्स एशोसिएसन र नेपाल विद्युत प्राधिकरणको संयुक्त सहकार्यमा "Power Distribution System Design and Safety" विषयक सात दिवसीय तालिम आज सम्पन्न भएको छ । गत फागुन १ गतेबाटबाट शुरू भएको उक्त तालिमबाट ३१ जना इलेक्ट्रिकल इन्जिनियर प्रशिक्षार्थीहरू लाभान्वित भएका छन् । नेपाल इन्जिनियर्स एशोसिएसनको व्यवस्थापन र नेपाल विद्युत प्राधिकरणको सहयोगमा सञ्चालित यो तालिम अनुशरणीय रहेको कुरा तालिममा सहभागी प्रशिक्षार्थीहरूबाट हामीलाई Feedback प्राप्त भएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इ. कुलमान घिसिङज्यूले आगामी दिनमा दुवै संस्थाको सहकार्य र सहयोगमा थप तालिमका कार्यक्रमहरू सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो, नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इ. सुबास चन्द्र बरालले हाम्रो मुख्य एजेण्डाको रूपमा रहेको २० वर्ष अघि देखिको Engineering Staff College स्थापनाको मागलाई नेपाल सरकारले महत्व दिएन अब हामीले अनुसन्धान, तालिम, प्रशिक्षण, ज्ञान, सीप र त्यसको आवश्यकता एवं परिणामका बारेमा सरकारलाई बुझाउन आवश्यक भएको हुँदा यो तालिमले Engineering Staff College स्थापनाको विगूल फुकेको घोषणा गर्नुभयो । तालिममा सहभागीहरूको स्वागत गर्दै एशोसिएसनका उपाध्यक्ष इ. प्रकाश के.सी.ले हामीले निर्वाचनको बेला गरेको बाचालाई पुरा गर्नुछ, Engineering Staff College स्थापनाको मुद्दामा अब सरकारको मुख ताकेर बस्दैनौं देशमा गुणस्तरीय र दीगो पूर्वाधार विकास निर्माण तर्फ हाम्रो सदैव जोड रहेको छ, जुन कुरा नेपाल इन्जिनियर्स एशोसिएसनले सञ्चालन गर्ने अनवरत तालिम कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने विषयमा जोड दिनु भयो । तालिमको पाठ्यक्रम निर्माणमा अभूतपूर्व सहयोग पुर्याउनुहुने इ. प्रा. डा. अरबिन्द कुमार मिश्रज्यू लगायतको सम्पूर्ण Team, तालिम संयोजक एशोसिएसनका कोषाध्यक्ष इ. सुमन थापा, तालिम व्यवस्थापक कार्यकारीणी सदस्य इ. मेघनाथ ढकाललाई नेपाल इन्जिनियर्स एशोसिएसनको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं । आगामी अनवरत विषयगत तालिमहरूको जानकारी एशोसिएसनको "facebook.com/NEANepal " facebook page तथा "www.neanepal.org.np" वेबसाइटबाट जानकारी लिनुहुन संवन्धित सबैलाई जानकारी गराउँदछौं ।
See insights and ads
All reactions:
15

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...