‘राष्ट्रिय आर्टिफिसियल ईन्टेलिजेन्स नीति २०८१’ मस्यौदा छलफल कार्यक्रम सम्पन्न
नेपाल इन्जिनियर्स एशोसिएसनको आयोजनामा ‘राष्ट्रिय आर्टिफिसियल ईन्टेलिजेन्स नीति २०८१’ मस्यौदा छलफल कार्यक्रम सम्पन्न
नेपाल सरकारद्वारा प्रस्तावित राष्ट्रिय आर्टिफिसियल ईन्टेलिजेन्स (AI) नीति २०८१ को मस्यौदामा गहन छलफल गर्दै विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। इन्जिनियर भवन, पुल्चोक, ललितपुरमा आयोजित यस कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका विज्ञहरू, विश्वविद्यालयका प्रतिनिधिहरू, तथा एआइ प्रविधि क्षेत्रका सरोकारवालाहरूको उत्साहजनक उपस्थिति रह्यो।
कार्यक्रमको समन्वय तथा सञ्चालन इन्जिनियर दिनेश चन्द्र पन्थी र सुजन श्रेष्ठ द्वारा गरिएको थियो भने कार्यक्रमको समापन नेपाल इञ्जिनियर्स एशोसिएसन (NEA) का अध्यक्ष सुवास चन्द्र बराल ले गर्नुभएको थियो।
कार्यक्रमका मुख्य छलफलका विषयहरू:
नीति निर्माणको दृष्टिकोण र कार्यान्वयनका चुनौतीहरू
प्रविधिको नैतिक प्रयोग, डाटा सुरक्षा, र सार्वजनिक-निजी साझेदारी (PPCP)
एआइ उत्कृष्टता केन्द्रको अवधारणा र नियमन प्रणाली
शिक्षामा एआइको भूमिका, अनुसन्धान सहकार्य, तथा इ-गभर्नेन्स सुधार
एआइ कार्यान्वयनका लागि स्पष्ट सूचकाङ्क (KPIs) को महत्त्व
मुख्य बक्ताहरू:
नारायण तिमिल्सिना, उपसचिव, सूचना तथा सञ्चार मन्त्रालय – नीति निर्माण र कार्यान्वयन रणनीति
शालिग्राम पराजुली – डाटा सुरक्षा, नीति नियमन, तथा एआइ उत्कृष्टता केन्द्रबारे विश्लेषण
डॉ. सुरेश पोखरेल, AI Association Nepal – एआइ नियमनको स्पष्टता र कार्यान्वयन प्रक्रियाबारे सुझाव
लोचन अमात्य – शिक्षामा एआइको भूमिका, अनुसन्धान सहकार्य, तथा इ-गभर्नेन्स सुधार प्रस्ताव
गौरव राज पाण्डे, NAS-IT – निजी क्षेत्रको संलग्नताको आवश्यकता तथा न्यूनतम सरकारी हस्तक्षेप
दिली अधिकारी, NTC – नीति कार्यान्वयनका लागि स्पष्ट सूचकाङ्क (KPIs) को महत्त्व
कृष्णप्रसाद भण्डारी, NTC – नीति छलफल खुला राख्नुपर्ने सकारात्मक पहल
चिरञ्जीवी अधिकारी, उपाध्यक्ष, कम्प्युटर एसोसिएसन महासंघ नेपाल
कार्यक्रमका सहभागीहरूले एआइ नीतिको मस्यौदामा परिमार्जन आवश्यक रहेको निष्कर्ष निकाले। ६ महिनाभित्र संशोधन गरिने, त्यसपछि २ देखि ३ वर्षको अवधिमा कार्यान्वयन गरिने प्रस्ताव अघि सारिएको छ।
नीति निर्माण प्रक्रियामा सहभागी भएर योगदान दिनुभएका सबैलाई धन्यवाद! नेपालमा एआइ विकासको दिशामा यो छलफल महत्वपूर्ण कोसेढुंगा सावित हुनेछ।