Get in Touch

News & Events

View All

Training on "Power Distribution System Design & Safety"

नेपाल इन्जिनियर्स एसोसिएसनले नेपाल विद्युत प्राधिकरणको सहयोगमा Power Distribution System Design and Safety विषयक सात दिवसीय तालिम कार्यक्र्रम आज मिति २०८१ फागुन १ गतेवाट शुरु गरेको छ । विहान १० वजे वाट वेलुकी ५ वजे सम्म संचालन हुने उक्त तालिम फागुन ७ गते सकिने छ । तालिममा ३० जना इलेक्ट्रिकल इन्जिनियर प्रशिक्षार्थिहरु सहभागि छन् । तालिम कार्यक्रमको उद्घाटनमा प्रमुख अथिति इ.प्रा.डा. अरविन्द कुमार मिश्र, विशेष अतिथि नेपाल विद्युत प्राधिकरणका उपकार्यकारि निर्देशक इ. नवराज ओझाले तालिमको आवश्यकता महत्वका वारेमा प्रकाश पार्नु भयो । एशोसिएसनका कोषाध्यक्ष तथा तालिम संयोजक इ. सुमन थापाले स्वागत मन्तव्य राख्दै यस किसीमका विभिन्न विषयगत तालिमहरु अव निरन्तर आयोजना गरिने जानकारी गराउनु भयो । यस ७ दिवसीय तालिम कार्यक्रमको कार्यतालिकाका विषयमा उद्‌घोषक तथा तालिम व्यवस्थापक इ. मेघनाथ ढकालले सहभागीहरूलाई जानकारी गराउनुभयो । उद्घाटन कार्यक्रमको समापन गर्दे नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इ. सुवास चन्द्र वरालले लामो समय देखि इन्जिनियर समुदायले माग गदै आइरहेको इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको मागलाई नेपाल सरकार र राजनैतिक नेतृत्वले वेवास्ता गर्दै आइरहेको हुँदा अब एशोसिएसनले आफ्नै भवनमा प्रशिक्षण केन्द्र निमार्ण तथा स्थापना गरि विभिन्न विधागत तालिमहरुको आरभ्भ गरेको वताउँदै यो तालिम Engineering Staff College स्थापनाको आधारशीला तय गर्ने पहिलो खुड्किलो हो । यसलाई हामी निरन्तरता प्रदान गरि सरकारी निकाय,तथा निजि क्षेत्रसँगको समन्वय तथा सहकार्यमा थप प्रभावकारी वनाउदै इन्जिनियर तथा आर्किटेकहरुलाई आवश्यकता वमोजिमको तालिम तथा प्रशिक्षण प्रदान गर्ने नेपाल इन्जिनियर्स एशोसिएसनको प्रमुख उद्देश्य रहेको वताउनु भयो ।

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...