Get in Touch
गत असोज १० गतेदेखि देशभर परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट प्रभावित क्षेत्र मध्ये काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाका विभिन्न स्थानमा नेपाल इन्जिनियर्स एशोसिएसनको विपद व्यवस्थापन प्राविधिक सहयोग समितिको विज्ञ टोलीले स्थलगत निरीक्षण गरी Disaster Assessment को कार्य प्रारम्भ गरेको छ।
यो कार्यलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउने उद्देश्यले आगामी दिनमा सबै प्रभावित क्षेत्रको विस्तृत विवरण बुझी, क्षतिको कारण र समाधानको उपायबारे प्राविधिक विश्लेषणसहितको प्रतिवेदन नेपाल सरकारलगायत सम्बन्धित निकायमा पेश गरिने जानकारी गराइएको छ।