Get in Touch
२०८० कात्तिक १७ गते राती जाजरकोट केन्द्र विन्दु भइ गएको विनाशकारी भूकम्पका कारण पिडित जनता तथा परिवारहरूलाई राहत तथा प्राबिधिक सहयोग पुर्याउने उद्देश्यले शहरी विकास मन्त्री माननीय सीता गुरुङ्गज्युको संयोजनमा शहरी विकास मन्त्रालय तथा नेपाल इन्जिनियर्स एशोसिएशन सहितको प्राबिधिक टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ । छोटो तथा दीर्घकालीनरुपमा गरिनु पर्ने कार्यका लागि आवश्यकता पहिचान गरि चाहिने थप टोलीहरू परिचालन गरिदै लगिनेछ ।