Get in Touch

News & Events

View All

विशेष साधारण सभा सफलता पुर्वक सम्पन्न

नेपाल इन्जिनियर्स एसोसिएसनको मौजुदा विधानमा समसामयिक संशोधनका लागि आज मिति २०८३ जेठ २७ गते आयोजना गरिएको विशेष साधारण सभा सफलता पुर्वक सम्पन्न भएको छ ।
एशोसिएसनको चौथो संशोधित विधान (२०७५) मा रहेका शब्दावलीमा सामान्य हिज्जे , पुष्ट्यांइ र परिभाषा स्पष्ट गरि सहज बनाउने कार्य गरिएको छ। यसका साथै निर्वाचन कार्यको समयावधिलाई साविकको ९० दिनबाट ४५ दिनमा घटाउन गरि एको प्रस्ताव, केन्द्रीय कार्यालय र प्रदेश केन्द्र विचको सदस्ता शुल्क बाडफांड , प्रदेश सल्लाहकार परिषदको नयाँ संरचना तथा मर्यादा क्रम लगायतका विषयमा प्रस्तुत संशोधन प्रस्तावलाई सर्वसम्मतरूपले पारित गरिएको छ।
त्यसै गरि नेपाल इन्जिनियर्स एशोसिएसनको विद्यमान संरचनात्मक व्यवस्थालाई परिवर्तन गरि आगामी दिनमा महासंघीय संरचनामा रूपान्तरण गर्नु पर्ने अहलेको आवश्यकता रहेको विषयमा कारण सहितको प्रस्तावित संक्षिप्त अवधारणा पत्र लाइ संकल्प प्रस्तावको रूपमा अगाडि बढाउने गरि सर्वसम्मत रूपले पारित भएको छ ।आजको विशेष साधारण सभामा उपस्थित भइ आफ्नो अमूल्य राय सुझाव सहित सभालाई सफल पार्न सहयोग गर्नु हुने सम्पूर्णलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...