२०८० कात्तिक १७ गते राती जाजरकोट केन्द्र विन्दु भइ गएको विनाशकारी भूकम्पका कारण पिडित जनता तथा परिवारहरूलाई राहत तथा प्राबिधिक सहयोग पुर्याउने उद्देश्यले शहरी विकास मन्त्री माननीय सीता गुरुङ्गज्युको संयोजनमा शहरी विकास मन्त्रालय तथा नेपाल इन्जिनियर्स एशोसिएशन (ने.इ.ए.) सहितको टोली भूकम्प प्रभावित क्षेत्रको बिभिन्न नगरपालिका, गाउँपालिकाको क्षति पुगेका घरहरूको अनुगमन तथा अध्ययन सम्पन्न गर्नु भएको छ। त्यसक्रममा त्यहाँ भएका क्षतिको विवरण, घरहरूको अवस्थाको साथै तत्कालिन र दीर्घकालीन रुपमा गर्नु पर्ने विषयहरूको अध्ययन अनुगमन गरेर प्राविधिक टोली फर्कनु भएको छ। जसमा शहरी विकास मन्त्रालयबाट सि.डि.इ. लिला खतिवडा, इ. देवेन्द्र देव खनाल, इ. रामकृष्ण आचार्य, इ. नरेश चन्द्र भट्ट, इ. किशोर विक्रम शाही, ने.इ.ए.बाट इ.डा. गोकर्ण मोत्रा, इ.डा. राजन सुवाल (अध्यक्ष, स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन–नेपाल), इ. रुपेन्द्रधोज थापा, इ.डा. हरि बहादुर दर्लामी (अध्यक्ष, ने.इ.ए.), इ. रवि भुषण झा (महासचवि, ने.इ.ए.)हरू हुनुहुन्थ्यो। सहयोग गर्नु हुने स्थानीय तह साथै ने.इ.ए. कर्णाली प्रदेशका सम्पूर्ण टोली, विशेष गरेर संयोजन गर्नु हुने ने.इ.ए. कर्णाली प्रदेशका सचिव इ। रामकृष्ण आचार्य लगायत सम्पर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।