नेपाल इन्जिनियर्स एशोसिएसन (ने.ई.ए.) ३३औं कार्यकारिणी समिति तथा सातै प्रदेश दोस्रो कार्यकारिणी समितिको प्रगति समिक्षा एवं भावी कार्ययोजनाको विषयमा छलफल गर्न मिति २०७९ चैत ४ गते शनिबारका दिन तिलोत्तमा नगरपालिका, मणिग्राम, रुपन्देहीमा आयोजना गरिएको एक दिवसीय गोष्ठि सफलतापुर्वक सम्पन्न भएको छ ।
इन्जिनियर समुदायको पेशागत हकहित, एशोसिएसनको संस्थागत विकास तथा केन्द्रीय कार्यालय र प्रदेश केन्द्रबीचको अन्तर सम्वन्धलाई थप सुदृढ एवं एकतावद्द बनाउदै प्रदेश केन्द्रको संरचनात्मक क्षमता अभिवृद्धिका बारेमा गोष्ठीको छलफल केन्द्रित रह्यो । गोष्ठीमा उपस्थित सबै प्रदेशका पदाधिकारीहरुबाट एशोसिएसनको संस्थागत विकासका लागि महत्त्वपूर्ण र सकारात्मक सुझावहरु प्राप्त भएका छन । प्राप्त सुझावहरुलाई आपसी सहकार्यमा भावी कार्ययोजनामा समेटी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउँदै गोष्ठी कार्यक्रमको संयोजन गरी सहयोग पुर्याउनु भएकोमा लुम्बिनी प्रदेश लगायत सहभागी सम्पुर्ण प्रदेश पदाधिकारीज्यूहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।