Get in Touch

News & Events

View All

"NBC Code" सम्बन्धि पाँच दिवसीय निशुल्क तालिम सम्पन्न

शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा नेपाल इन्जिनियर्स एशोसिएसनको प्रशिक्षण केन्द्रमा "Nepal National Building Code" सम्बन्धि पाँच दिवसीय निशुल्क तालिम मिति २०८१ चैत १८ गतेबाट शुरू भएर आज मिति २०८१ चैत २२ गते समापन भएको छ । उक्त तालिममा संवन्धित क्षेत्रका ३६ जना इन्जिनियर र आर्किटेक्टहरू सहभागि भएका थिए । तालिममा सहभागि सम्पूर्ण प्रशिक्षार्थिहरूलाई हार्दिक शुभकामना एवं बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गरियो । तालिम संचालनमा प्राविधिक सहयोग गरिदिनु भएकोमा शहरी विकास तथा भवन निर्माण विभागलाई एशोसिएसनको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । यस प्रकृतिको र आवश्यकता अनुसारको अन्य विविध तालिमहरू आगामी दिनमा प्रदेशस्तरमा पनि बिस्तार गरिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।
See insights and ads
All reactions:
91

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...