“६२ औँ ईन्जिनियर्स दिवस“ मिति २०८१ साउन ३ गते नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सम्पन्न
नेपाल ईन्जिनियर्स एसोसिएसन (ने.ई.ए.) ले आफ्नो “६२ औँ ईन्जिनियर्स दिवस“ मिति २०८१ साउन ३ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा ईन्जिनियर तथा आर्किटेक्टहरूको व्यापक सहभागितामा सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री के.पि.शर्मा ओली (नेपाल सरकार)ले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । विशिष्ट अतिथिहरूमा मा. देवेन्द्र दाहाल, मन्त्री, भौतिक पूर्वाधार तथा यातायात र मा. दिपक खड्का, मन्त्री उर्जा, जलस्रोत तथा सिंचाइ (नेपाल सरकार) हुनुहुन्थ्यो । त्यस्तै गरि अतिथिमा इ.प्रा.डा पदम बहादुर शाही, अध्यक्ष (नेपाल इन्जिनियरिंग परिषद्) हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता ने.ई.ए.को ३३औं कार्यकारिणी समितिका अध्यक्ष ई. डा. हरि बहादुर दर्लामी गर्नु भएको थियो ।
यस दिवसको अवसरमा निम्न बिधामा उत्कृष्ट इन्जिनियरहरूलाई सम्मान समेत गरिएको थियोः
1. Youth Professional Award: Er. Promisha Mishra
2. Outstanding Woman Engineer Award: Er. Dr. Shanti Kala Subedi
7. Lifetime Achievement Award: Er. Prof. Sudarshan Raj Tiwari
कार्यक्रमको दोश्रो सत्रमा "Ethical Engineering for Social Responsibility" विषयक प्राविधिक सेमिनार भएको थियो भने बिबिध सांस्कृतिक कार्यक्रमबाट सहभागिहरूलाई मनोरञ्न गराई रात्रीभोजनको समेत व्यवस्था गरिएको थियो ।