वार्षिक प्रतिवेदन पारित गर्दै मिति २०८० मंसिर १६ गते शनिबार नेपाल इन्जिनिएर्स एशोसिएसनको ५४ औं साधारण सभा सम्पन्न भएको छ । एशोसिएसनको संस्थागत विकासका लागि आगामी दिनमा अगाडी बढ्न प्रेरणा सहित महत्त्वपूर्ण सुझाव प्रदान गर्नु हुने अग्रज इन्जिनियर, आर्किटेक्ट तथा सदस्य महानुभावहरूमा नेपाल इन्जिनियर्स एशोसिएसनको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।